नेपाली औषधिलाई जनतामाझ परिचित गराउनका लागि फर्मा एक्स्पो आयोजना गरेका हौँ : एक्स्पो सह संयोजक पृथ्वी राजभण्डारी

नेपाल औषधि उत्पादक संघ (एपोन) को आयोजनामा आउदो २५ देखि २७ फागुनसम्म चितवनको प्रर्दशनी स्थलमा नवौँ नेपाल फर्मा एक्स्पो–२०२४’ आयोजना हुँदैछ । एक्स्पोमा औषधिका क्षेत्रका भएका विकास, नेपाली औषधिको उत्पादन र गुणस्तरबारेमा जानकारी लिन सकिनेछ ।
यसै सन्दर्भमा एपोनका कोषाध्यक्ष, फर्मा एक्स्पो–२०२४ का सह संयोजक तथा क्वेष्ट फर्मास्यूटिकल्स प्रालिका डाइरेक्टर पृथ्वी राजभण्डारीसंग सम्छिप्त कुराकानी गरिएको छ ।

चितवन एक्स्पोको गर्नुको मुख्य उदेश्य के हो ?

नेपाली औषधि उद्योगको ईतिहास हेर्ने हो भने चार दशक वरपरको छ । चारदशक अघि नेपालमा १५९१६ वटा मात्रै औषधि उद्योग थियो । अहिले आएर ८३ उद्योग संचालनमा रहेका छन् । ति औषधि उद्योगले गरेका काम, उत्पादन गरेका औषधिहरुलाई जनतामाझ परिचित गराउनका लागि एक्स्पोको आयोजना गरिएको हो । आजसम्म नेपाली औषधि उद्योग कहाँसम्म कति विकास गरेको छ, नेपाली औषधि उद्योगको स्तर कहाँ र कसरी अगाडि बढेको छ । यी सबै कुराको जानकारी दिनका लागि एक्स्पो आयोजना गरिएको हो ।

फर्मा एक्स्पोबाट नेपाली जनतालाई के फाइदा हुन्छ ?

औषधि उद्योग सत प्रतिशत विज्ञानमा आधारित उद्योगको रुपमा रहेको छ । हरेक रोगलाई निदान गर्न लागि औषधि चाहिन्छ । औषधि बिना कुनै रोग निको हुँदैन । ती रोगका विरुद्ध हामीले नेपालमा नै धेरै औषधि बनाएका छौँ । यसरी नेपाल धेरै किसिमका रोग विरुद्धको औषधि आज उत्पादन हुन्छन भन्ने कुराको सन्देश दिनका लागि फर्मा एक्स्पो आयोजना गरिएको हो । एक्स्पोमा यस्तो रोगको औषधि यसरी बन्दछ भनेर पनि एक्स्पोमा सर्वसाधारणलाई जानकारी पाउँछन् ।

नेपालमा नेपाली औषधिको अवस्था कस्तो रहेको छ ?
अहिले हामीलाई मुलुकका लागि खपत हुने ५० प्रतिशत औषधि विदेशबाट ल्याउनु पर्दैन । आजभन्दा २० बर्ष अगाडि त्यस्तो अवस्था थिएन । सबै औषधि हामी विदेशीकैमा भर पर्नु पर्ने अवस्था थियो । तर अहिले परिस्थिति फेरिएको छ । नेपाली औषधि बजारमा हामी पनि विदेश औषधिसंग प्रतिस्पर्धा गर्ने सक्ने भएका छौ । अझ हामीलाई सरकारले प्राविधिक रुपमा सहयोग गरे भने हामी मुलुकलाई चाहिनै जति औषधि उत्पादन यहि गर्न सक्छौं ।

तपाईँको बिचारमा नेपाललाई औषधिको क्षेत्रमा आत्मनिर्भर बनाउन के गर्नु पर्छ होला ?

अहिले सबै जसो औषधि उद्योग निजी क्षेत्रबाट सञ्चालित छन् । सरकारी तवरबाट सञ्चालनमा एउटा मात्रै औषधि उद्योग नेपाल औषधि लिमिटेड रहेको छ । सरकारले निजी उद्योगको विकासमा प्रयोगशालाका निर्माण, उपकरण आयातलाई सहज र कच्चापदार्थ आयातमा सरकारले सहयोग गर्नुपर्दछ । त्यसमा सरकारी सहयोग आवश्यक रहेको छ । नेपाललाई औषधिमा आत्मनिर्भर बनाउन निजी उद्योगले धेरै मिहनेत तथा कोशिश गरेता पनि सरकारको सहयोग विना उद्योगको विकास गर्न सकिदैन । तसर्थ सरकार र निजी क्षेत्र मिल्यो भने औषधि उद्योगको विकासमा ठूलो योगदान गर्न सकिन्छ । किनभने वंगलादेश कुल ग्राहस्थ (जीडीपी) उत्पादनमा औषधि उद्योग तेस्रो स्थान रहेको छ । नेपाली औषधि उद्योगले पक्कै पनि मुलुकको अर्थतन्त्रमा योगदान गरिरहेको छ भन्ने कुरा सरकारले सोच्नुपर्दछ । त्यसैभएर हामी भनिरहेका छौँ नेपालमा निजी क्षेत्रबाट सञ्चालित औषधि उद्योगको क्षमता विकासमा सरकारको सहयोग आवश्यक छ ।

कतिपयले नेपालमा उत्पादित औषधिको गुणस्तरलाई लिएर प्रश्न उठाउने गरेका छन्, नेपाली औषधिको गुणस्तर विदेशमा उत्पादित औषधिको गुणस्तर भन्दा कम छैन भन्न सक्नुहुन्छ ?

पहिलो कुरा नेपालका जति पनि औषधि उद्योग छन्, ती सबै औषधि व्यवस्था विभागको निगरानीमा हुने गर्दछन् । हामीले उत्पादन गरेका औषधिहरु बर्षको दुई पटक विश्व स्वास्थ्य संगठनको कुलश औषधि अभ्यास (जीएमपी) अडिट हुने गर्दछ । उद्योग आफैले पनि हरेक महिनामा एक पटक आन्तरिक अडिट गर्दछ । त्यसैले नेपाली औषधिको गुणस्तरको मामिलामा शंका गर्नु आवश्यक छैन ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *