‘सरकारले सहयोग गरे विदेशमा पनि औषधि निर्यात सक्छौँ’ – दिपेश प्रधान, (मार्केटिङ संयोजक) एपोन

नेपाल औषधि उत्पादक संघ (एपोन)को आयोजनामा यहि फागुन २५ गतेदेखि २७ गतेसम्म चितवनको प्रर्दशनी कक्षमा ‘नवौ नेपाल फर्मा एक्स्पो–२०२४’ आयोजना हुँदैछ । यसै सन्दर्भमा एपोनका मार्केटिङ संयोजक दिपेश प्रधानसंग गरिएको कुराकानी सार संक्षेप :

– दिपेश प्रधान, (मार्केटिङ संयोजक) एपोन

यहाँ एपोनको मार्केटिङ संयोजक हुनुहुन्छ, खासमा नेपाली औषधि उद्योगको मार्केटिङ कसरी भइरहेको छ ?

बास्तवमा औषधिको मार्केटिङ र अरु बस्तु व्यवसायको मार्केटिङमा धेरै फरक छ । अरु बस्तुु वा सामानको मार्केटिङ गर्नका लागि प्रत्यक्ष रुपमा उपभोक्तासम्म पुग्नु पर्दछ तर औषधिको मार्केटिङका लागि प्रत्यक्ष रुपमा उपभोक्तासम्म पुग्नु पर्दैन । खासमा हाम्रा उपभोक्ता भनेकै नै बिरामी हुन् । र बिरामीलाई यो–यो औषधि खाउ भनेर हामीले भन्नै मिल्दैन । यो त प्रेस्काईबर (चिकित्सकले तथा स्वास्थ्यकर्मीहरु) ले भन्ने कुरा हो । तर हामीले बिरामीलाई आवश्यक पर्नै औषधिको गुणस्तर तथा मूल्यका बारेमा जानकारी दिन प्रेस्काइबरसम्म पुग्ने चाहि गर्दछौँ । अनि उहाँहरुले बिरामीलाई प्रेस्काईब गरेको औषधि उपलब्धताका कहिलेकाँही लागि खुद्रा औषधि पसलसम्म पुग्ने गर्दछौँ।

बजार भनेपछि स्वभाविक रुपमा प्रतिस्पर्धाको कुरा आईहाल्छ, नेपाली कम्पनीका औषधिहरुले विदेशी औषधिसंग कत्तिको प्रतिस्पर्धा गर्नुपर्छ ? कस्तो चुनौती सामना गर्नुपर्छ ?

कुरा के भने, नेपालको भूमिमा हामीभन्दा पहिलादेखि नै विदेशी कम्पनीहरुले औषधि बेच्दै आइरहेका छन् । एक हिसावले भन्नुपर्दा उनीहरु हाम्रो भूमिमा स्थापित भइसकेका छन् । हामीले औषधि उत्पादन गर्न थालेको ३० बर्ष मात्रै भयो । विदेशी कम्पनीसंग संसारको ज्ञान, सिप र टेक्निकल छ । उनीहरु डलरमा भएको पैसा लिएर हाम्रो मुलुकमा मार्केटिङ गरिरहेका छन् । हामी भने सिमित बजेटमा ती विदेशी कम्पनीसंग प्रतिस्पर्धा गर्न परिराखेको छ । यसले स्वभाविक रुपमा चुनौती बढी नै छ ।

अर्कोतिर उनीहरुसंग रेडिमेड प्रडक्ट बनेर आएको हुन्छ । हामीले अध्ययन अनुसन्धान गरेर मात्र औषधिको विकास गर्छौ । त्यसैले हामीलाई औषधि बजारमा ल्याउन समय लाग्ने गर्दछ ।

विदेशी कम्पनीले करोडौ जनसंख्यालाई लक्षित गरेर औषधि बनाउछ । उनीहरुले कच्चा पदार्थ नै टनमा किनेर औषधि बनाउने गर्दछन् । हाम्रो देशले तिनै देशबाट कच्चा पदार्थ किनेर ल्याएर औषधि बनाउनुपर्ने बाध्यता छ । हामी टनमा नभई किलोमा कच्चा पदार्थ किनेर औषधि बनाउने गर्दछौ । कच्चा पदार्थ टनमा किन्ने र किलोमा किन्नेको मूल्यमा पनि फरक पर्न जान्छ । उनीहरुसंग मारर्जिन धैरै छ, हामीसंग छैन । तैपनि पनि हामी उनीहरुसंग प्रतिस्पर्धा गरैर उनीहरुकै मूल्यमा औषधि बेचिरहेका छौ ।

नेपाल फर्मा एक्स्पोले मार्केटिङ कतिको सहज बनाएको छ ?

एक्स्पोले नेपाली औषधिको मार्केटिङ धैरै नै सहयोग पुर्‍याएको छ । अन्तराष्ट्रिय गुणस्तरको औषधि नेपालमा पनि बन्छ भनेर प्रचार गर्नका लागि एक्स्पोले सहयोग गर्दै आएको छ । सर्वसाधारणलाई औषधि उद्योगको बारेमा जानकारी लिनका लागि सबै उद्योगमा घुम्न सम्भव हुदैन । त्यसैले एक्स्पोमा हामीले १५० भन्दा बढी स्टल राखि नेपाली औषधिमा कस्तो मेसिन प्रयोग गछौँ, कस्तो टेक्नोलोजी प्रयोग गर्दछौं र कस्तो कस्तो मान्छेले कसरी औषधि बनाउछन् ? त्यो सवै कुरा प्रत्यक्ष अवलोकन गर्न सकिन्छ । एक्स्पोमा मल्टिनेशनल कम्पनीले प्रयोग गर्ने मेसिन हामी यहि नै देखाउँछौ । हामी उनीहरुभन्दा कम छैनौ । उति नै छौ । हामीसंग पैसा कम होला तर पनि हामी विदेशीले जतिकै गुणस्तरको औषधि उपभोक्तालाई प्रदान गरिरहेका छौ भन्ने कुरालाई समेत यो एक्स्पोको माध्यमबाट जनमानसमा पुर्‍याउन सहज हुनेछ ।

अनि विदेशमा नेपाली औषधिको मार्केटिङ गर्ने योजना के छ ?

नेपाली औषधि विदेशमा निर्यात गर्नका लागि सरकारले सहयोग गर्नुपर्दछ । हाम्रो व्यक्तिगत रुपमा एउटा एउटा संस्थाले गर्ने फरक कुरा हो । त्यसरी केही कम्पनीले गरि पनि राखेका छन् । तर खासमा विदेशमा निर्यातको लागि सहजिकरण गर्नका लागि हाम्रो देशले अर्को देशसंग पारस्परिक सम्बन्ध बनाउनु पर्दछ । सरकारले अर्को देशसंग औषधिका लागि पारस्परिक सम्बन्ध राखेर नीति बनाउन सके हामी विदेशमा पनि नेपाली औषधि निर्यात गर्न सक्छौं ।

विदेशमा नेपाली औषधिको मार्केटिङका लागि सरकारले के गरिदिनु पर्दछ जस्तो लाग्छ ?

सरकारले हामीलाई हौसलासंगै विदेशमा नेपाली औषधि निर्यात गर्नका आवश्यक नीति नियम र नेपाली उद्योगलाई टेक्नोलोजीमा सहयोग गर्नुपर्दछ । नेपाली औषधि उद्योगको अझ गुणस्तर बढाउनका लागि विज्ञ (एक्स्पर्ट) ल्याएर यहाँ तालिम गराउनु पर्दछ कि, नेपाली औषधि बाहिर लैजान राजश्व कम गरेर हुन्छ कि के गरेर हुन्छ विदेशीमा नेपाली औषधि निर्यात गर्न सहयोग पुर्‍याउनु पर्दछ ।

बंगलादेशले आफ्नो औषधि छ भने विदेशी औषधिको आयातलाई प्रतिवन्ध लगाएको । हामीलाई विदेशमा औषधि निर्यातका लागि बंगलादेशको जस्तो अडचन आउन सक्छ त्यसमा सरकारले त्यसमा सहजिकरण गरिदिनु पर्दछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *