कोरोना भाइरस

स्वास्थ्यको प्रस्ताव : कोभिड-१९ को कारणले स्वास्थ्यकर्मीको ज्यान गए २५ लाख क्षतिपूर्ति

काठमाडौँ, ३१ भदौ । स्वास्थ्य मन्त्रालयले सेवामा खटिएका स्वास्थ्यकर्मी कोभिड -१९ को संक्रमणमा परि ज्यान गएमा २५ लाख क्षतिपूर्ति दिने प्रस्ताव मन्त्रिपरिषद्मा पठाएको छ । यसअघि मन्त्रालयले कोभिड -१९ विरुद्ध खटिएका सबै स्वास्थ्यकर्मीहरुको २५ लाख रुपैयाँको स्वास्थ्य बीमा गरिएको बताएको थियो ।

सभामुख सापकोटा र उनको टिमको कोरोना रिपोर्ट नेगेटिभ

काठमाडौँ, १८ साउन । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र उनको टीम सदस्यको कोरोना भाइरस (कोभिड -१९) परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणका सबैको रिपोर्ट नेगेटिभ आएको हो ।

‘अण्डर ग्राजुएट्स’लाई रिसर्च सम्वन्धी तालिम दिदै एनएचआरसी

काठमाडौँ, १३ साउन । नेपाल स्वास्थ्य अनुसन्धान परिषद (एनएचआरसी)ले चिकित्सा शिक्षा तर्फ अण्डर ग्राजुएटस् (स्नातक तह अध्यय्न गर्दै गरेका)हरुलाई समेत अनुसन्धान सम्वन्धी तालिम दिन शुरु गरेको छ । यसअघि एनएचआरसीले ‘अण्डर ग्राजुएट्स’ पास भएकाहरुलाई मात्रै यस्तो खालको तालिम दिने गर्दथ्यो ।

कोरोना भाइरसबाट विश्वमा पाँच लाख २४ हजार भन्दा बढीको मृत्यु

जेनेभा स्वीट्जरल्याण्ड,१९ असार । कोरोना भाइरस(कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख २४ हजार ४०६ पुगेको छ ।

भारतमा कोरोना भाइरस संक्रमितको सङ्ख्या छ लाख नाघ्यो

नयाँदिल्ली१८ असार ।। महामारीका रुपमा फैलिएको कोरोनाभाइरसबाट संक्रमित हुनेहरुको संख्या भारतमा छ लाख नाघेको छ । सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार भारतमा हालसम्म कोरोनाभाइरसबाट ६ लाख ४ हजार ६४१ जना संक्रमित भएका छन् ।

कोरोना भाइरस जीन अध्ययन शुरु

काठमाडौँ, १६ असार । नेपालमा कोरोना भाइरस (कोभिड १९)को अनुवंश (जीन सिक्वेन्सिङ )को अध्ययन शुरु गरिएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले नेपाली वैज्ञानिक र अनुसन्धान कर्ताबाट कोरोना सङक्रमितमा रहेकाको जीनको अध्ययन थालेको हो ।

कोरोना भाइरस: ‘खराब दिन आउन अझै बाँकी’ रहेको विश्व स्वास्थ्य सङ्गठनको चेतावनी

बीबीसी । कोरोनाभाइरसको महामारी सुरु भएको छ महिनापछि विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले खराब अवस्था आउन अझै बाँकी रहेको चेतावनी दिएको छ।

गण्डकी प्रदेशमा थप ५३ जनामा कोरोना संक्रमण

पोखरा, १५ असार । गण्डकी प्रदेशमा थप ५३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । प्रदेश क्षयरोग केन्द्र पोखरा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षणको सोमबार बेलुका आएको प्रतिवेदनमा ५ जिल्लाका ५३ जनामा संक्रमण देखिएको हो ।

यी हुन् कोरोना संक्रमणबाट विश्वको बढी प्रभावित १० मुलुकहरू

बेइजिङ, १३ असार । विश्वमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ९८ लाख पुगेको जोन हकिन्स विश्वविद्यालय, विज्ञान तथा इन्जिनियरिङ व्यवस्था केन्द्रले जनाएको छ ।