अर्घाखाँचीमा मृत्यु भएका व्यक्तिमा कोरोना पोजेटिभ, कुल मृत्युको संख्या १६ पुग्यो

0
Shares


काठमाडौँ, २९ जेठ । अर्घाखाँचीमा बुधबार मृत्यु भएका एक जना पुरुषमा कोरोना भाइरस (कोभिड – १९) पोजेटिभ भएको पाइएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला बुटवलमा विहीबार आएको परीक्षण रिपोर्टमा पोजेटिभ भएको पाइएको हो ।

जिल्लाको मालारानी गाउँपालिकाको क्वारेन्टिनमा बिरामी परेका ५७ बर्षीय पुरुषको बुधबार (हिजो) बुटवलमा उपचार पछि पुन अर्घाखाँची फर्कदै गर्दा बाटोमै मृत्यु भएको थियो । मृत्युपछि उनको स्वाब लिएर परीक्षण गर्दा पोजेटिभ पाइएको प्रयोगशालाका निमित्त प्रमुख डा राजेन्द्रकुमार गिरीले बताए ।

यसअघि जिल्लाले उनको निधन नहुँदै स्वाब संकलन गरेर पठाएको बताएको थियो । तर पुरा विवरण नभएको भन्दै प्रदेश स्वास्थ्य कार्यालयले पुन नमूना ल्याउन भनेपछि मृत्यु भएका व्यक्तिबाट स्बाव झिकिएको थियो ।

उनी केही दिन अघि भारतको मुम्बईबाट नेपाल आएको बताइएको छ । क्वारेन्टिनमा स्वासप्रश्वासको समस्या देखिएपछि उनलाई बुटवल ल्याईएको थियो ।

अर्घाखाँचीको मृत्युसंगै नेपालमा कुल मृत्यु हुनेको संख्या १६ पुगेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *