सभामुख सापकोटा र उनको टिमको कोरोना रिपोर्ट नेगेटिभ


काठमाडौँ, १८ साउन । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र उनको टीम सदस्यको कोरोना भाइरस (कोभिड -१९) परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणका सबैको रिपोर्ट नेगेटिभ आएको हो ।

यसअघि सुरक्षामा खटिएका एक जना सुरक्षाकर्मीमा कोरोना भाइरस (कोभिड – १९) संक्रमण देखिएपछि सभामुख सापकोटा, उनको स्वकीय सचिवालय र सुरक्षामा खटिएका अन्य सुरक्षाकर्मीको पीसीआर परीक्षण गरिएको थियो । शुक्रबार नमूना दिएको र शनिबार राती त्यसको रिपोर्ट आएको र सबैको रिपोर्ट नेगेटिभ आएको सभामुख सापकोटाका प्रेस संयोजक श्रीधन न्यौपानेले बताए ।

उनले शनिबार राती फेसबुकबाट सो जानकारी दिएका हुन् । उनले त्यहाँ लेखेका छन्, ‘सम्माननीय सभामुख अग्निप्रसाद सापकोटा, उहाँको स्वकीय सचिवालय र सुरक्षामा खटिएका सुरक्षाकर्मी सबैको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । सभामुख सापकोटाको स्कर्टिङमा रहेको सवारी साधनमा खटिएका एक सुरक्षाकर्मीमा कोरोना पोजेटिभ देखिएपछि स्वास्थ्य प्रोटोकलअनुसार शुक्रबार सभामुख सापकोटासहित स्वकीय सचिवालयका कर्मचारी र सुरक्षाकर्मीको स्वाव संकलन गरी पिसिआर विधिबाट परीक्षण गरिएको थियो । आज राती अबेर प्राप्त रिपोर्ट सबैको नेगेटिभ रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सुचना अधिकारी राजेश कुमार गुप्ताले जानकारी दिनुभएको छ ।’

संक्रमणमा परेका ती सुरक्षाकर्मी प्रहरी प्रधान कार्यालय भित्रको क्वाटरमा बस्ने व्यक्ति भएको बताइएको छ । प्रहरी प्रधान कार्यालयमा झण्डै ५ दर्जन सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिईसकेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *