काठमाडौँ उपत्यकामा थप ४१५ जनामा कोरोना संक्रमण

0
Shares

काठमाडौँ, १२ भदौ । पछिल्लो चौविस घण्टामा काठमाडौँ उपत्यकामा थप ४१५ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा आज गरेको नियमित कोरोना ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौँमा ३५०, भक्तपुरमा ५४ र ललितपुरमा ११ गरी कुल ४१५ जनामा कोरोना संक्रमण देखिएको पुष्टि गरे । यो संख्या उपत्यकामा एकै दिन देखिएको अहिलेसम्मकै सबेभन्दा बढी हो ।

उनले पछिल्लो चौविस घण्टामा देशभर ३३४ जना महिला र ५९३ जना पुरुष गरी कुल ९२७ जना कोरोना संक्रमित थपिएको जानकारी दिए ।

डा गौतमलले अहिले प्रदेश नं १ मा ४२, प्रदेश नं २ मा ४४ बागमती प्रदेशमा ८१ जना, गण्डकी प्रदेशमा ३ जना, प्रदेश नं ५ मा १५ गरी कुल १६४ जना संक्रमितहरु आइसीयूमा रहेको समेत जानकारी दिए ।

यस्तै प्रदेश नं १ मा ३ जना, बागमती प्रदेशमा १७ र प्रदेश नं ५ मा २ जना गरी कुल २२ जना भेन्टिलेटरमा रहेको समेत जानकारी दिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *