कोरोना जाँच गर्न १० वटा अस्पतालमा प्रयोगशाला थपिँदै

काठमाडौं १२ असार । सरकारले कोरोना भाइरस (कोभिड – १९)को जाँच आरटीपीसीआर विधिबाट गर्न विभिन्न सरकारी अस्पतालमा थप १० वटा प्रयोगशाला सञ्चालनमा ल्याउने निर्णय गरेको छ । अहिलेसम्म कोरोना परीक्षण गर्ने सातै प्रदेशमा २३ वटा प्रयोगशाला सञ्चालनमा रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मेची अस्पताल, डडेल्धुरा अस्पताल, दैलेख अस्पताल, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र काठमाडौँ, सशस्त्र प्रहरी अस्पताल बलम्बुमा नयाँ आरटीपीसीआर विधिबाट कोरोना जाँच गर्ने प्रयोगशाला ल्याउने निर्णय गरेको हो ।

यस्तै पाल्पा अस्पताल तानसेन, धौलागिरी अस्पताल बागलुङ, धनकुटा अस्पताल धनकुटा, नेपाल प्रहरी अस्पताल र नेपाली सेना अस्पताल काठमाडौँमा पनि प्रयोगशाला सञ्चालन गर्ने निर्णय गरेको हो ।

गत १० असारमा स्वास्थ्य मन्त्री भानुभक्त ढकालको उपस्थितिमा इन्सिडेन्ट कमाण्ड सिस्टम प्रतिनिधि तथा मन्त्रालयका उच्च अधिकारी सम्मिलित बैठकले थप १० अस्पतालमा प्रयोगशाला सञ्चालनमा ल्याउने निर्णय गरेको हो ।

परीक्षणको दायरा बढ्दै जाँदा संक्रमितहरुको संख्या समेत बढदै गाएको छ । उता विदेशबाट आउनेको संख्या बढ्दै जाँदा प्रयोगशालामा नमूना थुप्रिने क्रम समेत बढ्दो क्रममा छ । बढ्दो चापका कारण प्रयोगशालाले समयमै जाँच गर्न नसक्दा आम सर्वसाधारणले भने स्वास्थ्य मन्त्रालयको आलोचना गर्न थालेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *