‘अण्डर ग्राजुएट्स’लाई रिसर्च सम्वन्धी तालिम दिदै एनएचआरसी

44
Shares

काठमाडौँ, १३ साउन । नेपाल स्वास्थ्य अनुसन्धान परिषद (एनएचआरसी)ले चिकित्सा शिक्षा तर्फ अण्डर ग्राजुएटस् (स्नातक तह अध्यय्न गर्दै गरेका)हरुलाई समेत अनुसन्धान सम्वन्धी तालिम दिन शुरु गरेको छ । यसअघि एनएचआरसीले ‘अण्डर ग्राजुएट्स’ पास भएकाहरुलाई मात्रै यस्तो खालको तालिम दिने गर्दथ्यो ।

विज्ञ सम्मिलित टोलीले अण्डर ग्राजुएट्सका विद्यार्थीहरुलाई तालिम दिन छुट्टै पाठ्यक्रम बनाई तीन दिनको तालिम दिन थालेको हो । ‘वेसिक रिसर्च मेथोडोलोजी फर अण्डर ग्राजुएट्स’ नाम दिइएको यो तालिम गत आइतबारबाट शुरु भएको छ ।

परिषद्का कार्यकारी सदस्यसचिव डा प्रदीप ज्ञवालीले युवा रिसर्चरलाई प्रोत्साहन गर्न तथा स्वास्थ्य अनुसन्धान सम्वन्धी प्रारम्भिक कुराहरुलाई जानकारी दिनका लागि यो प्याकेज ल्याइएको बताए ।

एनएचआरसीले कोरोना भाइरस (कोभिड – १९)को महामारीका बीच यो कार्यक्रम भर्र्चुअल विधि जुम सफ्टवेरको माध्यमबाट दिइरहेको छ ।

पहिलो पटक भएको यो तालिममा ४०० जना विद्यार्थीहरुले सहभागिता जनाएका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *