गण्डकी प्रदेशमा थप ५३ जनामा कोरोना संक्रमण

0
Shares

पोखरा, १५ असार । गण्डकी प्रदेशमा थप ५३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । प्रदेश क्षयरोग केन्द्र पोखरा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षणको सोमबार बेलुका आएको प्रतिवेदनमा ५ जिल्लाका ५३ जनामा संक्रमण देखिएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ९४९ पुगेको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार आज स्याङ्जामा वालिङ नगरपालिकामा ७ पुरुष र एक महिला गरी ८ जना तथा चापाकोट नगरपालिकाका एक जना महिला र एक जना पुरुष गरी कुल १० जनामा संक्रमण देखिएको छ ।

तनहुँ जिल्ला अन्तरगर्त घिरिङ गाँउपालिकामा एक जना महिला, बन्दीपुर नगरपालिकामा ५ महिला र ४ पुरुष गरी नौँ सहित कुल १० जनामा संक्रमण देखिएको छ । यस्तै बाग्लुङ जिल्ला अन्तरगर्त गल्कोटका ९ पुरुष र १ महिला गरी १० जना, बागलुङ नगरपालिकामा ४ जना पुरुष गरी कुल १४ जनामा संक्रमण देखिएको छ ।

यस्तै पर्वत जिल्ला अन्तरगर्त कुस्मामा ३ जना, फलेवासमा २ जना पैयुमा २ जना, विहादीमा २ जना, जलजलामा १ जना, महाशिलामा २ जना मोदीमा १ गरी कुल १३ जनामा संक्रमण देखिएको छ । यता गोरखाको भिमसेनमा ५ जना सिरानचोकमा १ जना गरी कुल ६ जनामा संक्रमण देखिएको हो ।

निर्देशनालयका अनुसार आज १६ जना डिस्चार्ज भएसँगै गण्डकी प्रदेशमा कोरोना जितेर घर जानेको संख्या २१४ रहेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *