चिकित्सक संघको निर्वाचन : जुम्लामा मतदान सम्पन्न, १६ भोट खस्यो

4
Share

jumla electoinजुम्ला १७ भदौ –  नयाँ नेतृत्वका लागि आज देखि सुरु भएको नेपाल चिकित्सक संघको निर्वाचन अन्तर्गत जुम्ला शाखाको मतदात सम्पन्न भएको छ ।

विहान सवा नौ बजेबाट सुरु भएको निर्वाचन सवा दश बजे नै सम्पन्न भएको निर्वाचन अधिकृत डा. निरेश थापाले बताए ।

डा. थापाका अनुसार २३ जना मतदाता भएपनि आजको निर्वाचनमा १६ भोट मात्रै खसेको छ । अन्य मतदाता कामको सिलसिलामा जिल्ला बाहिर भएकोले १६ भन्दा बढी मत नखस्ने उनले बताए ।

डा. थापाले मतदाता र मतदान गरेको विवरण आजै काठमाडौँ फ्याक्स गर्ने र मतपेटिका भने सुरक्षीत रुपमा राखि दुई चार दिन पछि पुरयाउने तयारी भएको बताए । जुम्ला शाखाका अध्यक्ष डा. मंगल रावलले थोरै मतदाता भएकोले छिटै सम्पन्न भएको बताए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *