स्वास्थ्य मन्त्री गगन थापा

16.1k
Shares

gagan

काठमाडौँ, ९ भदौ – सत्ता साझेदार नेपाली कांग्रेसको भागमा परेको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी नेता गगन थापाले पाउने करिब करिब निश्चित भएको छ ।

स्रोतका अनुसार थापालाई छुट्टयाइएको शहरी बिकास मन्त्रालयमा अर्जुन नरसिंह केसी जाने भएपछि थापालाई स्वास्थ्यको जिम्मेवारी दिन लागेको हो ।

कांग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलले थापा स्वास्थ्य मन्त्री बन्ने करिब करिब निश्चित भएको बताए । उनका अनुसार कांग्रेसले यस अघि गरेको तयारी भत्किएको छ ।

यसअघि अर्जुन नरसिंह केसीलाई शिक्षा भनिएको थियो तर माओबादीले शिक्षा लिएपछि उनलाई यसअघि गगन थापालाई भनिएको शहरी बिकास मन्त्रालयमा उनलाई पठाइएको छ र गगन थापाले स्वास्थ्य लैजाने लगभग निश्चितभएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

One thought on “स्वास्थ्य मन्त्री गगन थापा”

Leave a Reply

Your email address will not be published. Required fields are marked *