श्रीलङ्कामा सन् २०२० देखि मृत्युदरमा वृद्धि र जन्मदरमा कमी

कोलम्बो । श्रीलङ्का रजिस्ट्रार जनरल विभागका एक वरिष्ठ अधिकारीले श्रीलङ्कामा सन् २०२० देखि वार्षिक जन्मदरमा उल्लेखनीय गिरावट आएको र वार्षिक मृत्युदर बढेको बताइका छन् ।
वरिष्ठ डेपुटी रजिस्ट्रार जनरल, महान्यायाधिवक्ता लक्षिका गणपोलाले सन् २०२० अघि वार्षिक जन्मदर तीन लाख २५ हजार रहेको तर हाल सन् २०२३ मा घटेर दुई लाख ८० हजार पुगेको जानकारी दिए ।
उनले वार्षिक मृत्यु बढेर एक लाख ८० हजार पुगेको बताए ।
सन् २०२० अघि यो सङ्ख्या एक लाख ४० हजार थियो । यो प्रवृत्तिले श्रीलङ्काको जनसङ्ख्या वृद्धिमा प्रतिकूल असर पार्ने उनले बताए ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



