एमाले अध्यक्ष ओली अस्वस्थ, गोदावरी बैठकमा अनुपस्थित

172
Shares

काठमाडौँ, ९ बैशाख ।  नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् । उनलाई उनलाई रुघा खोकीको समस्या भएको बताइएको छ ।

अस्वस्थ भएपछि ललितपुरको गोदावरीमा हिजो देखि सुरु भएको एमाले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा आज सहभागी भएनन् ।

ओलीका सहयोगी रामशरण बजगाईँले गयराती देखि रुघा लाग्ने समस्या देखिएपछि बैठकमा अनुपस्थित भएको बताए ।

‘अध्यक्ष कमरेडलाई रुघा लागेको छ । बैठकमा अलि बढी भिडभाड हुने भएकोले आज अनुपस्थित हुनु भएको हो । घरमै आराम गर्नु भएको छ’ उनले भने ।

दोस्रो पटक मिर्गौला प्रत्यारोपण भएपछि ओलीले आफ्नो स्वास्थ्यमा विशेष ख्याल गर्ने गरेका छन् ।

ओलीको अनुपस्थितिमा वरिष्ठ उपाध्यक्ष इश्वर पोखेलले अध्यक्षता गरेर बैठक अघि बढाएका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *