एमाले अध्यक्ष ओली अस्वस्थ, गोदावरी बैठकमा अनुपस्थित

काठमाडौँ, ९ बैशाख ।  नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् । उनलाई उनलाई रुघा खोकीको समस्या भएको बताइएको छ ।

अस्वस्थ भएपछि ललितपुरको गोदावरीमा हिजो देखि सुरु भएको एमाले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा आज सहभागी भएनन् ।

ओलीका सहयोगी रामशरण बजगाईँले गयराती देखि रुघा लाग्ने समस्या देखिएपछि बैठकमा अनुपस्थित भएको बताए ।

‘अध्यक्ष कमरेडलाई रुघा लागेको छ । बैठकमा अलि बढी भिडभाड हुने भएकोले आज अनुपस्थित हुनु भएको हो । घरमै आराम गर्नु भएको छ’ उनले भने ।

दोस्रो पटक मिर्गौला प्रत्यारोपण भएपछि ओलीले आफ्नो स्वास्थ्यमा विशेष ख्याल गर्ने गरेका छन् ।

ओलीको अनुपस्थितिमा वरिष्ठ उपाध्यक्ष इश्वर पोखेलले अध्यक्षता गरेर बैठक अघि बढाएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *