नर्सिङ्ग लाइसेन्स परीक्षाको नतिजा प्रकाशित, ७० प्रतिशत उत्तीर्ण

1.5k
Shares

काठमाडौँ, ४ चैत ।  नेपाल नर्सिङ्ग परिषद्ले शनिबार (हिजो) सञ्चालन गरेको पीसीएल र बीएस्सी नर्सिङ्ग तर्फको नाम दर्ता (लाइसेन्स) परीक्षाको नतिजा प्रकाशित गरेको छ । परीक्षामा कुल ७० प्रतिशत उत्तीर्ण भएका छन् ।

परिषद्का रजिष्ट्रार शुक्ला खनालका अनुसार पीसीएल तर्फ परीक्षामा सहभागि भएका ४ हजार ५६७ जनामध्ये ३ हजार २५५ जना (७१.२७ प्रतिशत) उत्तीर्ण भएका छन् ।

यस्तै बीएस्सी नर्सिङ्ग तर्फ ४४५ सहभागी भएकोमा २६८ जना ( ६०.२२ प्रतिशत उत्तीर्ण भएका छन् । दुबै तहको कुल उत्तीर्ण प्रतिशत एकीकृत गर्दा भने ७०.२९ रहेको छ ।

परिषद्ले लिएको यो पीसीएल तर्फको ३५ औँ नाम दर्ता परीक्षा हो भने बीएस्सी तर्फ पाँचौँ नाम दर्ता प्रमाणपत्र परीक्षा हो ।

परीक्षामा अनुतीर्ण भएका परीक्षार्थीहरुले आगामी परीक्षामा सहभागी हुन पाउने बताइएको छ ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *