डा. केसी समर्थकद्धारा अख्तियार कार्यालय अगाडि प्रदर्शन
काठमाडौँ, १० साउन – अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख लोकमानसिंह कार्कीविरुद्ध अख्तियारको टंगालस्थित कार्यालय अगाडि आईओएमका विद्यार्थीहरुले प्रदर्शन गरेका छन् ।
अख्तियारले मेडिकल शिक्षा क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको र मेडिकल शिक्षा क्षेत्रको विकृति अन्त्यको माग गर्दै अनशनरत डा. गोविन्द केसीलाई पालग भनेको विरोधमा विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् ।
प्रदर्शनकारीहरु डा. गोविन्द केसी अनशनस्थल शिक्षण अस्पतालबाट र्यालीसहित टंगाल पुगेका हुन् ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 




