डा. केसी समर्थकद्धारा अख्तियार कार्यालय अगाडि प्रदर्शन

tangal

काठमाडौँ, १० साउन – अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख लोकमानसिंह कार्कीविरुद्ध अख्तियारको टंगालस्थित कार्यालय अगाडि आईओएमका विद्यार्थीहरुले प्रदर्शन गरेका छन् ।

अख्तियारले मेडिकल शिक्षा क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको र मेडिकल शिक्षा क्षेत्रको विकृति अन्त्यको माग गर्दै अनशनरत डा. गोविन्द केसीलाई पालग भनेको विरोधमा विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् ।

 प्रदर्शनकारीहरु डा. गोविन्द केसी अनशनस्थल शिक्षण अस्पतालबाट र्‍यालीसहित टंगाल पुगेका हुन् ।

 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *