डा. केसी र सरकारबीचको बार्ता किन सफल भएन ? सरकारले निकाल्यो विज्ञप्ती

0
Shares

काठमाडौँ, ८ साउन – डा. गोविन्द केसीले उठाएका मागका बारेमा पछिल्लो तीन दिन यता तीन पटक बार्ता भयो तर सहमति हुन सकेको छैन् । सुरुकै दिन सहमति नजिक पुगेर उठेका सरकारी र डा केसी पक्षका प्रतिनिधीहरु शुक्रबार दुई चरणमा बार्तामा त बसे तर ठोस सहमति हुनै सकेन । शनिबार डा केसी पक्षले दिनभर जसो शक्तिप्रदर्शन गरयो भने सरकारी पक्ष बार्ताका लागि कुरेर बस्यो ।

चार बुदे माग राखि आमरण अनसन बसेको आज चौध दिन वितिसक्दा समेत बार्ता निस्कर्षमा पुग्ने देखिएको छैन् । सरकारी पक्षले एउटै खालको मुद्धामा डा केसीपक्षले बायस भएर बार्ता अघि बढ्न नसकेको संकेत गरेको छ । बुदा नम्वर २ मा रहेको अख्तियारको विषयलाई संसदको क्षेत्राधिकार भएकोले मान्ने भन्ने तर बुदा नम्वर ३ मनमोहन स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक छ सो को विषयमा तत्काल निर्णय हुनुपर्ने केसी पक्षले मिल्दै नमिल्ने गरी अडान लिएको उल्लेख छ ।

सरकारले शनिबार राती १० बजे निकालेको प्रेश विज्ञप्तीमा अहिलेसम्म भएका काम र बनेका असमझदारी समेत उल्लेख भएका छन् । अन्तमा बार्ता आइतबार विहान पुन बस्ने गरि स्थगित गरिएको बताइएको छ ।

Image (18)

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *