प्रत्यारोपण केन्द्रमा ३ डाक्टर १७ जना स्टाफ नर्स सहित २३ पदमा रोजगारीको अवसर

काठमाडौँ, १६ माघ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले आफूलाई आवश्यक भएको भन्दै डाक्टर नर्स, फार्मासिस्ट लगायतका केही पदहरुमा करार सेवामा पदपूर्ति गर्ने भएको छ ।
केन्द्रले आज सूचना प्रकाशित गरी रजिष्ट्रार क्रिटिकल केयर एण्ड एनेस्थेसियोलोजी १ जना, मेडिकल अधिकृत २ जना, स्टाफ नर्स १७ जना, असिस्टेन्ट फर्मासिस्ट २ जना र आइटी प्राविधिक १ गरी कुल २३ जनाका लागि पदपूर्ति गर्न लागेको हो ।
केन्द्रले योग्यता पुगेका व्यक्तिले २१ दिन भित्र दरखास्त हाल्न सक्ने जनाएको छ ।
हेर्नुहोस् सूचना

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



