नेपाल स्वास्थ्य व्यवसायी परिषद्मा तालाबन्दी र रिले अनशन सुरु

काठमाडौँ, ७ मंसिर । डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएसन अफ नेपालले नेपाल स्वास्थ्य व्यवसायी परिषद्मा तालाबन्दी र रिले अनशन सुरु गरेको छ ।
सोमबार देखि १० बुँदे माग अघि सार्दै एसोसिएसनले स्वास्थ्य व्यवसायी परिषद्मा तालाबन्दीसहित रिले अनशन सुरु गरेको हो।
एसोसिएसनका अध्यक्ष माइकल देवकोटाका अनुसार परिषद्का अध्यक्षको कार्यकक्ष र परीक्षा शाखामा तालाबन्दी गर्दै रिले अनशन सुरु गरिएको हो।
नेपाल स्वास्थ्य व्यवसायी परिषद् र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयसँग भएका पटक–पटकका छलफलहरू निष्कर्षविहीन बनेपछि बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको एसोसिएसनले जनाएको छ।
एसोसिएसनले नेपाल स्वास्थ्य व्यवसायी परिषद् ऐन, २०५३ को दफा १० को (४०) मा भएको व्यवस्था अक्षरशः कार्यान्वयन गर्नुपर्ने माग गरेको छ ।
त्यस्तै, नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, परिषद् तथा पेसागत संघसंस्थाबीच विगतमा भएका सहमति र सम्झौता तत्काल कार्यान्वयन गर्नुपर्ने एसोसिएसनले जनाएको छ ।
परिषद्बाट सञ्चालन हुने परीक्षा प्रणालीलाई पारदर्शी, निष्पक्ष र विश्वसनीय बनाउन आवश्यक सुधार गर्नुपर्ने मागसमेत गरिएको छ ।

विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 


