मनमोहन प्रतिष्ठानको विषयमा सहमति हुन नसकेपछि दोस्रो चरणको वार्ता स्थगित

0
Shares

काठमाडौँ, ७ साउन – प्रस्तावित मनमोहन स्वास्थ्य बिज्ञान प्रतिष्ठानको विषयमा सहमति हुन नसकेपछि बिहान ११.३० बजे देखि बसेको सरकार र डा. केसी पक्ष बिचको दोस्रो चरणको वार्ता स्थगित भएको छ ।

वार्ता टोलीका एक सदस्यका अनुसार केसी पक्षधरले संसदमा दर्ता भएको मनमोहन स्वास्थ्य बिज्ञान प्रतिष्ठान बिधेयक फिर्ता लिनुपर्ने अथवा प्रतिष्ठानलाई सरकारी बनाउनुपर्ने माग गरेका छन् । तर सरकारी पक्षले संसदमा दर्ता भैसकेको बिधेयकको बारेमा आफूहरुको क्षेत्राधिकार नभएको बताएका छन् ।

वार्ता पुन साँझ बस्न सक्ने बताइएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *