हैटौँडामा डाक्टरमाथि आक्रमण गर्ने थप एक पक्राउ

काठमाडौँ, ४ असोज । हेटौंडाको सन्चो अस्पतालमा कार्यरत डाक्टरमाथि आक्रमणमा संलग्न थप एक जना पक्राउ परेका छन्। डाक्टरमाथि हातपात गरेको आरोपमा सुनिल पाख्रिन पक्राउ परेका हुन् । यसअघि घटनामा संलग्न भएको आरोपमा ४ जना पक्राउ परिसकेका छन्।
प्रहरीले यसअघि ५ जनालाई पक्राउ पुर्जी जारी गरेको थियो ।
चिकित्सक संघ र सरकारबीच स्वास्थ्य मन्त्रालयमा आइतबार भएको वार्तामा ६ बुँदे सहमति भएको थियो। त्यसको पहिलो बुँदामै थप पाँच जनालाई पक्राउ पुर्जी जारी गर्ने सहमति भएको थियो ।
हेटौंडाको सन्चो अस्पतालका डा विकास थापा र डा प्रशान्त बिडारीमाथि गत २७ भदौमा अस्पतालमा बिरामीको उपचारमा गरिरहेकै समयमा कुटपिट भएको थियो।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 


