हैटौँडामा डाक्टरमाथि आक्रमण गर्ने थप एक पक्राउ
काठमाडौँ, ४ असोज । हेटौंडाको सन्चो अस्पतालमा कार्यरत डाक्टरमाथि आक्रमणमा संलग्न थप एक जना पक्राउ परेका छन्। डाक्टरमाथि हातपात गरेको आरोपमा सुनिल पाख्रिन पक्राउ परेका हुन् । यसअघि घटनामा संलग्न भएको आरोपमा ४ जना पक्राउ परिसकेका छन्।
प्रहरीले यसअघि ५ जनालाई पक्राउ पुर्जी जारी गरेको थियो ।
चिकित्सक संघ र सरकारबीच स्वास्थ्य मन्त्रालयमा आइतबार भएको वार्तामा ६ बुँदे सहमति भएको थियो। त्यसको पहिलो बुँदामै थप पाँच जनालाई पक्राउ पुर्जी जारी गर्ने सहमति भएको थियो ।
हेटौंडाको सन्चो अस्पतालका डा विकास थापा र डा प्रशान्त बिडारीमाथि गत २७ भदौमा अस्पतालमा बिरामीको उपचारमा गरिरहेकै समयमा कुटपिट भएको थियो।