म्यानमारकी नेतृ सुकीलाई स्वास्थ्य सेवाबाट वञ्चित गरिएको आरोप

याङ्गुन — म्यानमारकी नेतृ आङ सान सुकीलाई स्वास्थ्य सेवाबाट वञ्चित गरिएको परिवारले आरोप लगाएका छन् । सुकी हाल सैनिक हिरासतमा छिन् ।
उनका छोरा किम एरिसका अनुसार ७८ वर्षीया सुकीलाई स्वास्थ्य सेवाको आवश्यकता भएको जेलका अधिकारीले बताए पनि सैन्य सरकारले बेवास्ता गरेका हुन् ।
दाँतको समस्याका कारण सुचीले खान खान नसकेको एरिसले बताएका छन् ।
यद्यपि, सैन्य प्रवक्ताले भने सुचीको स्वास्थ्यमा कुनै समस्या नरहेको र चिकित्सकले निगरानी गरिरहेको दाबी गरेका छन् ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



