म्यानमारकी नेतृ सुकीलाई स्वास्थ्य सेवाबाट वञ्चित गरिएको आरोप

याङ्गुन — म्यानमारकी नेतृ आङ सान सुकीलाई स्वास्थ्य सेवाबाट वञ्चित गरिएको परिवारले आरोप लगाएका छन् । सुकी हाल सैनिक हिरासतमा छिन् ।

उनका छोरा किम एरिसका अनुसार ७८ वर्षीया सुकीलाई स्वास्थ्य सेवाको आवश्यकता भएको जेलका अधिकारीले बताए पनि सैन्य सरकारले बेवास्ता गरेका हुन् ।

दाँतको समस्याका कारण सुचीले खान खान नसकेको एरिसले बताएका छन् ।

यद्यपि, सैन्य प्रवक्ताले भने सुचीको स्वास्थ्यमा कुनै समस्या नरहेको र चिकित्सकले निगरानी गरिरहेको दाबी गरेका छन् ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *