मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा रामकेवल साहको निधन

 

काठमाडौँ, २५ जेठ । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा रामकेवल साहको निधन भएको छ । कलेजोको क्यान्सरबाट पिडीत ६८ वर्षीय प्राडा शाहको भारतमा उपचारको क्रममा आज विहान निधन भएको हो ।

कलेजोमा समस्या देखिएपछि उनी करीव डेढ महिना अघि देखि भारतका विभिन्न अस्पतालमा उपचाररत थिए । ‘सर गंगाराम, मेदान्ता, राजिवगान्धी लगायतका अस्पतालमा उपचार चलिरहेको थियो । तर आज एक्कासी दुखद खवर आयो,’ प्रतिष्ठानका शिक्षाध्यक्ष प्राडा अंकुर साहले भने ।

जनकपुर निवासी साहको श्रीमती दुई छोरा छन् । ‘एक जना छोरा बेलायतमा चिकित्सक हुनुहुन्छ । तर उहाँ अहिले बुबासंगै दिल्ली हुनुहुन्थ्यो । एक जना छोरा जनकपुरमै हुनुहुन्छ । श्रीमती काठमाडौँमा हुनुहुन्छ । उहाँलाई जनकपुर ल्याउने तयारी भइरहेको छ,’ पारिवारिक श्रोतले बतायो । यता प्राडा साहको पार्थिव शरीरलाई जनकपुर ल्याउने तयारी भएको जानकारी दिइयो ।

बरिष्ठ हाडजोर्नी तथा नसा रोग विशेषज्ञ प्राडा साह २०७७ माघ देखि मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति भएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *