चिकित्सा शिक्षा आयोगको ११औँ बैठकले गर्‍यो चार वटा निर्णय

बार्षिक रुपमा दुई शैक्षिक सत्र चलाउनु पर्ने मागका विषयमा पनि छलफल
492
Shares
बैठक पछि सामुहिक तस्बिर खिचाउँदै आयोगका पदाधिकारी तथा सदस्यहरु

काठमाडौँ ८ जेठ । चिकित्सा शिक्षा आयोगको ११ औँ बैठक सोमबार प्रधानमन्त्री निवास वालुवाटारमा बसेको छ । विहान ९ देखि १२ बजेसम्म बसेको बैठकले चारवटा प्रस्तावमा निर्णय गर्दै केही प्रस्तावमाथि छलफल चलाएको छ ।

आयोगका अध्यक्ष समेत रहेका प्रधामन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बसेको बैठकले आर्थिक वर्षको ०८०÷०८१ को बजेट पास गरेको छ । यस्तै चिकित्सा क्षेत्रका जनशक्तिको प्रक्षेपण, संयुक्त पाठ्यक्रम फ्रेमवर्क र राष्ट्रिय चिकित्सा शिक्षा नीति पनि पास गरेको छ ।

बैठकमा प्रस्तुत गरिएको सीटीईभीटी अन्तरगर्तको टी एसएलसी स्तरीकरण गर्दा छुटेका कलेजहरुले नयाँ संंस्थाले पुन दर्ताका लागि दिएको निवेदन अनुसार आशयपत्र प्रदान गर्ने निर्णय गरेको छ । यसैगरी चिकित्सा शिक्षा छाता ऐनका विषयमा भएको प्रगतिका बारेमा जानकारी गराउने निर्णयसमेत बैठकले गरेको बताइएको छ ।

यस्तै बैठकमा निजी मेडिकल तथा डेन्टल कलेज सञ्चालकहरुको संस्थाले उठाएको दुई शैक्षिक सत्रमा भर्ना गर्ने विषयमा समेत छलफल भएको छ ।

यसैगरी आयुर्वेद चिकित्सा परिषद्ले आयुर्वेदका क्षेत्रमा आयोगको ध्यान अलि कम पुगेको भन्दै यसलाई प्राथमिकतामा राख्नुपर्ने अर्को प्रस्ताव दर्ता गराएको थियो । त्यस विषयमा पनि छलफल भएको बताइएको छ ।

त्यसअघि बैठकलाई सम्वोधन गर्दै आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहालले चिकित्सा शिक्षा ऐनलाई पूर्णता दिन अत्यावश्यक रहेको बताएका थिए । उनले चिकित्सा क्षेत्रमा हालसम्म विभिन्न अनुभवहरुको समीक्षाका आधारमा नयाँ संश्लेषणमा पुग्नु जरुरी रहेको जानकारी दिए ।

यसैगरी उनले चिकित्सा क्षेत्रका हरेक समस्यालाई समाधान गर्नेगरी ऐन निर्माणको कार्यलाई पूर्णता दिनुपर्ने आवश्यकता रहेको समेत बताएका थिए ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *