आर्थिक वर्ष २०८०/०८१को नीति तथा कार्यक्रम :

प्रत्येक आधारभूत अस्पतालमा एमडीजीपी र प्रसूति तथा स्त्री रोग विशेषज्ञ अनिवार्य राखिने

312
Shares

काठमाडौँ, ५ जेठ । सरकारले प्रत्येक आधार भूत अस्पतालमा एमडीजीपी र प्रसूती तथा स्त्री रोग सम्वन्धी विशेषज्ञ डाक्टर राख्ने भएको छ । आर्थिक वर्ष २०८०/ ८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति रामचन्द्र पौडेलले विशेषज्ञ डाक्टरको व्यवस्थाबारे उल्लेख गरेका हुन् ।

यस्तै नीति तथा कार्यक्रममा आधारभूत अस्पतालमा कम्तीमा तीन जना मेडिकल अधिकृत रहने, आवश्यक नर्स लगायतका प्राविधिक जनशक्ति, प्रयोगशालाका लागि आवश्यक उपकरण तथा सामग्री, एक्सरे, अल्ट्रासाउण्ड, इको, इसिजी, लगायतका डाइग्नोस्टिक उपकरण हुने उल्लेख छ ।

यस्तै अक्सिजन सुविधा सहितको एम्बुलेन्स उपलव्ध गराई सबै आधारभूत स्वास्थ्य सेवाको प्रवाह हुने व्यवस्था गरिनेछ । भनिएको छ ।

अहिले देशका सबै स्थानीय तहमा ५ १० र १५ बेडको आधारभूत अस्पताल सञ्चालनमा ल्याउने योजनामा सरकार लागेको छ । दुई वर्ष अघि देखि नै शिलान्यास गरिएका ती अस्पतालहरु कतै सम्पन्न हुने क्रममा छन् भने कतै निर्माणको सुभारम्भ हुने चरणमै रहेका छन् ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *