आगामी आर्थिक वर्षका लागि सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै, स्वास्थ्यका विषय के के पर्लान ?

काठमाडौँ, ५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दैछ । आज अपरान्ह ४ बजे बस्ने संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने भएको छ ।

आज अपरान्ह ४ बजे बस्ने संघीय संसदको संयुक्त बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्नेछन् र सरकारको वार्षिक कार्यदिशा समेत मानिने नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।

सरकारले हरेक वर्ष जेठ १५ गते वार्षिक बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । त्यसअघि राष्ट्राध्यक्षमार्फत नीति तथा कार्यक्रम सार्वजनिक हुने गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत मंगलबार १० दलको संयुक्त बैठक बोलाएर नीति कार्यक्रममा समेट्नुपर्ने विषयबारे सुझाव मागेका थिए । त्यसबेला मागिएका सुझाव कति समेटिए कति समेटिएनन् थाहा पाउन अपरान्ह ४ बजे पछिको बैठकलाई पर्खनु पर्नेछ ।

नीति तथा कार्यक्रममा स्वास्थ्य तर्फ गतवर्ष उल्लेख विषयहरुमध्ये कतिपय कार्यान्वयनको चरणमा छ भने कतिपय यसवर्ष सुरु नै पनि हुन सकेको छैन् ।

यसपटक अर्थतन्त्रमा आएको संकुचनका कारण बजेटको साइज समेत सानो भएको छ । त्यसैले नयाँ कार्यक्रम भन्दा पनि पुरानै कार्यक्रमलाई निरन्तरता दिने अनुमान गरिएको छ ।

स्वास्थ्य तर्फ यसपटक पनि स्वास्थ्य बीमा कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाइने, दुई वर्ष अघि देखिका आधारभूत अस्पताल निर्माणलाई सम्पन्न गर्ने, पाठेघरको क्यान्सर रोकथामका लागि एचपीभी खोप कार्यक्रम, शुभारम्भ गर्ने लगायतका विषयहरु स्वास्थ्यले पठाएको छ ।

औषधि व्यवस्था विभागको पुनर्संरचना, एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, मेक इन नेपालको मर्म अनुरूप स्वदेशमा नै धेरैभन्दा धेरै औषधि उत्पादन गर्न नेपाल औषधि लिमिटेडको क्षमता बढाउने, एक चिकित्सकर स्वास्थ्यकर्मी एक स्वास्थ्य संस्था कार्यक्रम लगायतका विषयहरु समावेश गर्न समेत भनिएको छ ।

यद्धपी, अन्तिममा कुन रुपमा कार्यक्रम आउँछ त्यो भने अहिल्यै भन्न हतारो हुन्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *