बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पनि बहादुरसिंह लामालाई

184
Shares

काठमाडौँ, १ जेठ । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी आर्थिक मामिला तथा योजनामन्त्री रहेका बहादुर सिंह लामालाई दिइएको छ । यसअघि सो मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री शालिकराम जमरकट्टेलले सम्हाल्दै आएका थिए ।

राष्ट्रिय राजनीतिक गठबन्धनमा परिवर्तन भएपछि गत १० चैतमा स्वास्थ्य मन्त्रीबाट रामेश्वर श्रेष्ठले राजिनामा दिएका थिए । त्यसपछि सो मन्त्रालयमा नयाँ मन्त्री नियुक्त भएको थिएन ।

मुख्यमन्त्री जमरकट्टेलले लामालाई आज स्वास्थ्य सहित वन तथा वातावरण मन्त्रालय र पर्यटन उद्योग तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

लामा नुवाकोट क्षेत्र नं २ ख बाट गत ४ मंसिरको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट उम्मेद्धार बनि प्रदेश सांसदमा निर्वाचित भएका थिए । अहिले बागमतीमा लामाकै नेतृत्वमा कांग्रेस सरकारमा सहभागी भएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *