सुत्केरीको मृत्युपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान तनावग्रस्त

276
Shares

काठमाडौँ, २९ वैशाख । सुत्केरीको उपचारको क्रममा मृत्यु भएपछि दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान तनावग्रस्त बनेको छ ।

घोराही ८ सौरी निवास २८ वर्षकी मधु केसी बिहीबार बिहान सुत्केरी हुन अस्पताल भर्ना भएकी थिइन्। सुत्केरी भएकी उनको साल नझरेपछि शल्यक्रिया गरिएको थियो।

अत्यधिक रक्तश्राव भएपछि उनको गएराति ११ बजे मृत्यु भएको थियो उनले दोस्रो सन्तानको रूपमा छोरीलाई जन्म दिएकी थिइन्।

अस्पतालले लापरबाही गरेको भन्दै आफन्तले क्षतिपूर्ति माग गर्दै प्रदर्शन गरिरहेका छन्। अहिले अस्पताल परिसरमा आफन्तले नाराबाजी गरिरहेका छन्।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *