मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले माग्यो स्टाफ नर्सका लागि आवेदन

काठमाडौँ, १० चैत । काठमाडौँको त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले स्टाफ नर्समा करार दरबन्दी पूर्तिको लागि आवेदन आव्हान गरेको छ ।
सेन्टरले २० जना स्टाफ नर्सको लागि योग्यता पुगेका इच्छुक नागरिकले चैत्र २४ गतेसम्म आवेदन दिन सक्ने जनाएको छ । संस्थानको वेबसाइटमा गएर आवेदन दिन सकिने र आवेदन दस्तुर एक हजार पाँच सय लाग्ने सूचनामा उल्लेख छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 


