एमालेको प्रमुख सचेतक बने निवर्तमान स्वास्थ्य मन्त्री गिरी
काठमाडौँ, २८ फागुन । नेकपा एमालेले सांसद एवं निवर्तमान स्वास्थ्य मन्त्री पदम गिरीलाई प्रतिनिधिसभा तर्फ संसदीय दलको नेता चयन गरेको छ ।
एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले सांसद गिरीलाई संघीय संसद अन्तरगत प्रतिनिधि सभा तर्फ आफ्नो पार्टीको प्रमुख सचेतक पदमा नियुक्त गरेका हुन् ।
गत ४ मंसिरमा सम्पन्न आम निर्वाचनमा गिरी पर्वत क्षेत्र नं १ बाट प्रतिनिधि समा सदस्य पदमा निर्वाचित भएका थिए ।
सत्ता गठबन्धनमा आएको परिवर्तन संगै एमालेले सरकारलाई दिएको सम्वन्धन फिर्ता लिदै सरकारबाट बाहिरिने निर्णय गरेपछि १५ फागुनमा पार्टीका अन्य मन्त्रीसंगै गिरीले पनि स्वास्थ्य मन्त्री पदबाट राजिनामा दिदै बाहिरिएका थिए ।
उनी गत ३ माघमा स्वास्थ्य मन्त्री बनेर १५ फागुनमा अर्थात ४२ दिन पछि बाहिरिएका थिए ।
सम्पर्क इमेल : [email protected]