पुरानो मेडिकल कलेजका चिकित्सकहरुले यसरी निकाले नुर्सादको पेटबाट सिसाको बोतल…..

काठमाडौँ, २२ फागुन । कलेज अफ मेडिकल साइन्सेज (पुरानो मेडिकल कलेज) भरतपुरका चिकित्सकहरुले शल्यक्रिया गरि एक युवकको पेटबाट सिसाको बोतल निकालि दिएका छन् ।

पुरानो मेडिकल कलेजका डा. नारायण बेलबासे नेतृत्वको टोलीले रौतहटको गुजरा नगरपािलका -९ अमतबा टोलका २६ वर्षीय नुर्साद मन्सुरीको सोमबार विहानै शल्यक्रिया गरि बोलत निकालिदिएका हुन् ।

होस आइसकेपछि चिकित्सकले नुर्सादलाई भेन्टिलेटरबाट आइसीयूमा ‘सिफ्ट’ गरि सकिएको जानकारी दिएका छन् ।

घटना के भएको थियो ?

नुर्साद मन्सुरीलाई आइतबार बिहान अचानक पेट दुख्यो । त्यसपछि उनका बुवा नेवाजी मन्सुरीले स्थानीय क्लिनिकबाट औषधि किनेर खुवाए । त्यसले ठीक भएन । निकै पीडा हुन थालेपछि नुर्सादलाई सोमबार उपचारका लागि चन्द्रपुर अस्पतालमा भर्ना गराइयो ।

अस्पतालले तत्कालै पेटको एक्सरे गरायो । रिपोर्टमा भने पेटभित्र सिंगो रक्सीको बोतल देखेपछि चिकित्सक नै आश्चर्यमा परे ।

पेटभित्र ठूलै बोतल देखेपछि आन्द्रा फुटेको हुनसक्ने भन्दै चिकित्सकले थप उपचारका लागि भरतपुर रिफर गरे ।

विहान करीव २ बजे तिर पुरानो मेडिकल कलेज छिरेका मन्सुरीको डा. नारायण बेलबासे नेतृत्वको टोलीले विहानै शल्यक्रिया गरी बोतल निकालेको थियो ।

शल्यक्रिया गर्ने उनै डाक्टर बेलबासेसंग मन्सुरीको केशका बारेमा छोटो कुराकानी गरिएको छ :

तपाईँको अस्पतालमा यो केश कतिबेला आइपुगेको हो ? कसरी ह्याण्डल गर्नु भयो ?

यो केश हामीकहाँ विहान करीव डेढ दुई बजे आइपुगेको हो । त्यसपछि हामीले केही तयारी पुरा गरी शल्यक्रिया सुरु गर्दा विहान ६ बजेको थियो । त्यसको करीव अढाई घण्टामा शल्यक्रिया सकिएको थियो ।

शल्यक्रिया कसरी गर्नु भयो ?
एक्सरेमा नै स्पष्टसंग पेट भित्र बोतल भएको देखिएको थियो । हामीले सोही रिपोर्टको आधारमा शल्यक्रिया गरि बोतल निकालेका हौँ । बोतलले आन्द्रा प्वाल पारेको रहेछ ।

बिरामीको अवस्था कस्तो थियो ?
बिरामी यहाँ ल्याई पुर्‍याउँदा सेप्सिस सुरु भइसकेको थियो । पेट फुलिएको थियो । इन्फेक्सनहरु फैलि सकेको थियो ।

अहिले बिरामीको अवस्था कस्तो छ ?
बिरामीको भाइटल्सहरु सबै स्टेवल नै छ ।

शल्यक्रिया नगरी आउने अवस्था थिएन है बोतल ?
त्यस्तो थिएन । एक्सरेमा आन्द्रा प्वाल परेको समेत देखिएको थियो । एक्सरेमा ग्यास अन्डर डायफ्राम देखियो त्यसपछि शल्यक्रिया गर्ने निधो गरिई हाल्यो । किनभने मलद्धारबाट निकाल्न सक्ने सम्भावना पनि थिएन । पेट खोल्दा त्यो बोतल माथि ठूलो आन्द्रामा फसेको रहेछ । प्वाल बनाएर पेट भित्र निस्किसकेको थियो ।

हामीले खोलेर हेर्दा बोतल अलिकति पेट भित्र र अलिकति आन्द्रामै थियो । बोतल निकाल्यौ । त्यसपछि जहाँ प्वाल परेको थियो, त्यो भाग सिलाएर त्यसभन्दा माथि दिसा पास गर्नका लागि लागि कोलोस्टोमी निकालिदिएका छौँ । शल्यक्रिया भएको डेढ दुई घण्टापछि बिरामी होसमा आयो । अहिले बिरामी कुराकानी गर्न सक्छ ।

शल्यक्रिया गर्ने टिममा को को हुनुहुन्थ्यो ?

म संगै डा सुशील भुजेल, डा विनय तिमल्सिना, एनेस्थेसियामा डा राजेश यादव, डा अनुसा लगायतकोटोली थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *