‘अल नेपाल मेडिकल कन्फ्रेन्स -२०२३’ सकियो, आठ बुँदे घोषणापत्र जारी

72
Shares

काठमाडौँ, २१ फागुन । नेपाल चिकित्सक संघको आयोजनामा भएको ‘अल नेपाल मेडिकल कन्फ्रेन्स – २०२३’ सम्पन्न भएको छ। विराटनगरमा गत विहीबार देखि चलेको संघको २९ औं राष्ट्रिय सम्मेलन शनिबार सम्पन्न भएको हो।

‘अल नेपाल मेडिकल कन्फ्रेन्स (अनेमेकोन)’ हरेक तीन तीन वर्षमा हुने गर्दछ । संघको ३० औं सम्मेलन चितवनमा हुने भएको छ।

तीन दिनसम्म चलेको सम्मेलन ८ बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ।

सम्मेलनले भारतीय चिकित्सक संघका अध्यक्ष डा सरदकुमार अग्रवालले स्वास्थ्य क्षेत्रमा नयाँ प्रविधि र सीप भित्र्याउने विषयमा सहकार्य गर्ने प्रस्तावको स्वागत गर्दै दुवै संघबीच सहकार्य गर्ने, मेडिकल टुरिजम र मेडिक एजुकेशन टुरिजमका लागि थप गृहकार्य अगाडि बढाउँदै अगाडि बढ्ने, चिकित्सक एवं स्वास्थ्यकर्मीको सुरक्षाका लागि थप पहल कदमी गर्दै अगाडि बढ्ने, स्वास्थ्यकर्मीको सुरक्षा सम्बन्धी ऐनको कार्यान्वयनमा जोड दिने लगायतका विषयमा घोषणापत्रमा उल्लेख छ।

हेरौं घोषणापत्रको पूर्ण पाठ

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *