नेपाल फर्मास्युटिक्ल एशोसिएशन निर्वाचनमा ललितमोहन पन्त नेतृत्वको समूहको बर्चश्व : कसको मत कति ?
काठमाडौँ, २१ फागुन । नेपाल फर्मास्युटिकल्स एशोसिएशनको हिजो सम्पन्न मत गणनाको अन्तिम परिणाम प्राप्त भएको छ । मतमरिणाम अनुसार अध्यक्ष पदमा ललितमोहन श्रेष्ठले ५४० मत ल्याएर बिजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी डा रोभसकुसुम सुवेदीले ३६४ मत मात्रै प्राप्त गरे ।
दुईवटा उपाध्यक्ष पदमा अमृत गौरोले ४१४ मत र देवानन्द साह ३९३ मत प्राप्त गरी बिजयी भए । यस्तै महिला उपाध्यक्षमा सञ्जीता विष्टले ४८४ मत प्राप्त गरि विजयी भईन् ।
यस्तै महासचिव पदमा सञ्जीव कट्टेल ५१८ मत ल्याई विजयी हुँदा निकटतम प्रतिस्पर्धी रहेका धिरज रौनियारले ४४२ मत मात्रै प्राप्त गरे ।
दुईवटा सचिव पदमा केदार प्रसाद साह र विवेक श्रेष्ठले क्रमश ४४२ र ४५० मत प्राप्त गरि विजयी भए । यस्तै कोषाध्यक्ष पदमा गोपिना राईले ५४१ मतका साथ विजयी प्राप्त गरिन् ।
सहकोषाध्यक्षमा ५२९ मत ल्याएर निर्मलराज मरासैनी बिजयी भए । प्रचार सचिवमा ६०६ मतका साथ अनिश श्रेष्ठ बिजयी भए । यो निर्वाचनमा सबैभन्दा बढी मत ल्याएर बिजयी हुने अनिश श्रेष्ठ बनेका छन् ।
सदस्यहरुमा सृष्टि प्रजापति र मनोज भट्टराईले क्रमश ३५५ र २५९ मत ल्याएर विजयी भएका छन् । महिला सदस्यमा भने ४९३ मतका साथ सौभाग्य डंगोल विजयी बनिन् ।
शनिबार सम्पन्न निर्वाचनमा कुल ९९२ मत खसेको थियो ।
अरु मत कसको कति आयो ?
सम्पर्क इमेल : [email protected]