नेपाल फर्मास्युटिकल्स एशोसिएशनको आज सम्पन्न निर्वाचनमा ५५ प्रतिशत भोट खस्यो

काठमाडौँ, २० फागुन । नेपाल फर्मास्युटिकल्स एशोसिएशन (एनपीए) को २३ औँ कार्यसमिति छनौटका लागि आज सम्पन्न निर्वाचनमा ५५ प्रतिशत भोट खसेको छ । विहान ९ बजे देखि अपरान्ह ४ बजेसम्म भएको मतदानमा कुल ९९२ भोट खसेको हो । एनपीएमा मतदाताको संख्या १८०० रहेको थियो ।

नयाँ बानेश्वरस्थित सहकारी विभाग परिसरमा मतदान सम्पन्न भएपछि बेलुका साढे ५ बजे देखि मतगणना हुने बताइएको छ ।

नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा अध्यक्ष पदमा तीन जनाको उम्मेदवारी परेको छ। महासचिवमा दुई जना प्रतिस्पर्धामा छन्।

अध्यक्षमा ललितमोहन पन्त, फुलगेन साह र डा रोभस कुसुम सुवेदी प्रतिस्पर्धामा छन्। यस्तै प्रदीप लम्साल, अमृत गौरो, देवानन्द साह, बद्री केसी र लक्ष्मी नारायण न्यौपाने उपाध्यक्षमा, रोनक श्रेष्ठ र संजिता विष्ट उपाध्यक्ष महिलामा, सञ्जीव शर्मा कट्टेल र धिरज रौनियार महासचिव पदमा प्रतिस्पर्धा गरेका छन् ।

सचिवमा केदार प्रसाद साह, विवेक श्रेष्ठ, विष्णु प्रसाद कंडेल, विष्णु रेग्मी, संजय चौधरी, सानुकाजी श्रेष्ठ, कोषाध्यक्षमा गोपिना राई र राजन मानन्धर, सह कोषाध्यक्षमा निर्मल राज मरासैनी र सुशिल नेपाल, प्रचार सचिवमा अनिश श्रेष्ठ र यज्ञ राज बडुको उम्मेदवारी परेको छ।

सदस्यहरुमा अशोक भुषाल, आनन्द ठाकुर, कपिल बोगटी, भाइकाजी बस्नेत, मनोज भट्टराई, सुदर्शन बिडारी, संजिव प्रजापति, सुशिल अधिकारी र सृष्टी प्रजापति र सदस्य महिलामा प्रेरणा मानन्धर र सौभाग्य डंगोलको उम्मेदवारी परेको छ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *