तीन वर्ष भित्र भएका सबै निर्णयहरु मेडिकल काउन्सिलद्धारा सार्वजनिक (निर्णय सहित)

काठमाडौँ, १० फागुन । नेपाल मेडिकल काउन्सिलले तीन वर्ष भित्र बोर्ड बैठकले गरेका निर्णयहरु सार्वजनिक गरेको छ । सूचनाको हक सम्वन्धी ऐन २०६४ र सूचनाको हक सम्वन्धी नियमावली २०६५ मा भएको व्यवस्था बमोजिम निर्णय सार्वजनिक गरेको काउन्सिलले जनाएको छ ।

‘हामीले विसं २०७७ बैशाख देखि २०७९ फागुन सम्म पूर्ण बैठकले गरेका निर्णयहरु सार्वजनिक गरेका छौँ । यसमा आम सरकारका विषयहरु समेटिएका छन्,’ काउन्सिलका रजिष्ट्रार डा कृष्णप्रसाद अधिकारीले भने ।

अहिले सार्वजनिक गरिएका निर्णयमा धेरै विषय समेटिएपनि चिकित्सकीय गल्ती तथा कारवाहीका विषयहरु उल्लेख छैन् । डा अधिकारीले ती विषयमा भएका निर्णयहरु केही दिनमा छुट्टै सार्वजनिक हुने बताए ।

काउन्सिलको पूर्ण बैठक मासिक रुपमा बस्ने गरेको छ ।

हेर्नुहोस निर्णय


 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *