चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानलाई छाता प्रतिष्ठानको रुपमा लैजाने नीति छ : स्वास्थ्यमन्त्री गिरी

काठमाडौँ, ५ फागुन । स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानलाई अब छाता प्रतिष्ठानको रुपमा विकास गर्ने नीति रहेको बताएका छन् ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको तेस्रो दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै मन्त्री गिरीले देशका प्रमुख संघीय अस्पताललाई टिचिङ इन्स्टिच्युट(शैक्षिक संस्था)को रुपमा विकास गर्दै लैजाने नीति मन्त्रालयले लिएको बताए ।

उनले भने, ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीर अस्पताललाई केन्द्रमा राखेर यस प्रतिष्ठानको गठन गरेको थियो । तर समयानुकूल हुँदै गर्दा यसको दायरा पनि फराकिलो हुनुपर्छ र यस चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानलाई अब छाता प्रतिष्ठानको रुपमा विकास गर्दै देशका प्रमुख संघीय अस्पताललाई टिचिङ इन्स्टिच्युट(शैक्षिक संस्था)को रुपमा विकास गर्दै लैजाने नीति लिएको अवगत गराउन चाहन्छु ।’

उनले यसबाट सेवाको गुणस्तरमा उल्लेख्य सुधार ल्याउने मात्र नभई स्वास्थ्य अनुसन्धान, स्वास्थ्यका जनशक्तिको उत्पादन र विविध विद्याबीचको परस्पर सिकाइलाई पनि प्रोत्साहित गर्ने विश्वास रहेको बताए ।

सो कार्यक्रममा उनले २० वर्षको यस अवधिमा नेपालको विशेषज्ञ चिकित्सक उत्पादनमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले अग्रणी भूमिका खेलेको भन्दै देश र माटो सुहाउँदो जनशक्ति उत्पादन गरेर नेपालको स्वास्थ्य क्षेत्रलाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले ठूलो गुन लगाएको बताए ।

मन्त्री गिरीले भविष्यमा अझ धेरै विद्या र धेरै तहका शैक्षिक कार्यक्रमसहित देशको प्रमुख स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा यसलाई स्थापित गर्न उनले शुभकामना दिदै यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सबै खालका सहयोग गर्न तयार रहेको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *