नेपाल औषधि लिमिटेडको खुल्ला प्रतिस्पर्धाबाट महाप्रवन्धक छनौट गरिदै, आवेदन मागियो

500
Shares

काठमाडौँ, १ फागुन । नेपाल औषधि लिमिडेटको रिक्त महाप्रवन्धक पदमा खुल्ला प्रतिस्पर्धाबाट नियुक्ती गरिने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आज एक सूचना जारी गर्दै योग्यता पुगेका इच्छुक व्यक्तिले २१ दिन भित्र आवेदन दिन सक्ने बताएको छ ।

महाप्रवन्धक हुनका लागि फार्मेसी वा प्रशासन विषय, व्यवस्थापन, अर्थशास्त्र, इन्जिनियरिङ वा कानूनमा मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तिमा स्नातकोत्तर तह उत्तीर्ण गरेको र कुनै संस्था वा निकायको व्यवस्थापकीय जिम्मेवारीमा कम्तिमा पाँच वर्षको अनुभव भएको भनिएको छ ।

आवेदन दिनेको उमेर ३५ वर्ष पुगेको र ६५ वर्ष ननाघेको हुनुपर्ने बताइएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *