नेपाल औषधि लिमिटेडको खुल्ला प्रतिस्पर्धाबाट महाप्रवन्धक छनौट गरिदै, आवेदन मागियो

काठमाडौँ, १ फागुन । नेपाल औषधि लिमिडेटको रिक्त महाप्रवन्धक पदमा खुल्ला प्रतिस्पर्धाबाट नियुक्ती गरिने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आज एक सूचना जारी गर्दै योग्यता पुगेका इच्छुक व्यक्तिले २१ दिन भित्र आवेदन दिन सक्ने बताएको छ ।

महाप्रवन्धक हुनका लागि फार्मेसी वा प्रशासन विषय, व्यवस्थापन, अर्थशास्त्र, इन्जिनियरिङ वा कानूनमा मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तिमा स्नातकोत्तर तह उत्तीर्ण गरेको र कुनै संस्था वा निकायको व्यवस्थापकीय जिम्मेवारीमा कम्तिमा पाँच वर्षको अनुभव भएको भनिएको छ ।

आवेदन दिनेको उमेर ३५ वर्ष पुगेको र ६५ वर्ष ननाघेको हुनुपर्ने बताइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *