बच्चाको बाबु बन्ने चाहना छ ? त्याग्नुस् धूमपान !

436
Shares

breaking-a-cigarette-in-half_0_0

बच्चा जन्माउने तयारी पूर्व महिलाहरुलाई धूमपान छाड्न धेरै पहिले देखि सुझाउँदै आइएको छ । तर अहिले एक नयाँ अध्ययले बच्चाको लागि प्रयास गर्दा पुरुषले पनि धूमपान छाड्नु पर्ने कुरा उजागर गरेको छ ।

ब्रजिलका अनुसन्धानकर्ताहरुको समूहले गरेको अध्ययनले धूमपान गर्दा पुरुषबाट निस्कने शुक्रकिटमा क्षति पुगि महिलाको अण्डसंग पुगेर गर्भाधारण हुने सम्भावना अत्यन्त न्यून अथवा असम्भव नै हुने गरेको पत्ता लागेको छ ।

त्यसो त पुराना अध्ययनहरुले पनि सूर्तिजन्य पदाथको प्रयोगले शुक्रकिटको संख्यामा कम गर्ने साथै डि.एन.ए. टुक्रिने समस्या औंल्याएका थिए । र भर्खरैको यो नयाँ अध्ययनले पुरुषको उर्वरपन मोटोपना, धूमपान, मदिरासेवन र प्रदुषणसंग सम्बन्धित भएको औंल्याउँदै पुराना अध्ययनहरुमा थप प्रमाण जोडेको हो ।

साव पउलो फेडेरल यूनिभर्सिटीका बैज्ञानिकहरुले स्वस्थ शुक्रकिट भएका २० जना चुरोट पिउने र २० जना चुरोट नपिउने ब्यक्तिहरुको शुक्रकिटको परिक्षण गरेका थिए । उनीहरुको उमेर २० देखि ५० वर्ष थियो ।

अध्ययनका हनुसार धूमपान गर्ने पुरुषको शुक्रकिटमा डि.एन.ए टुक्रिने, माइटोकोन्ड्रिया निश्क्रिय हुने, अण्डकोष तथा अन्य ग्रन्थी जल्ने र पूर्ण रुपमा काम नगर्ने पुरुषमा भने पाइएन । यसैको कारणले धूमपान गर्ने ब्यक्तिको शुक्रकिटबाट गर्भधारण हुने सम्भावना कम रहेको अनुसन्धानबिद् बताउँछन् । एजेन्सी

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *