गेटालाई चिकित्सा विश्वविद्यालय बनाउन सांसदको माग

80
Shares

काठमाडौँ, ६ असार । गेटा मेडिकल कलेजलाई चिकित्सा विश्वविद्यालयमा परिवर्तन गर्न सांसद दीपप्रकाश भट्टले माग गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा भाग लिदै सांसद भट्टले सुदूरपश्चिम प्रदेशमा चलनचल्तीमा रहेको डोट्याली भाषामा गेटा मेडिकल कलेजलाई तत्काल सञ्चालनमा ल्याउन माग गरे ।

उनले गेटा मेडिकल कलेजलाई राष्ट्रिय चिकित्सा विश्वविद्यालयमा परिवर्तन गर्न स्थानीय भाषामा प्रधानमन्त्रीको ध्यानाकर्षण गराए । उनले सुदूरपश्चिम प्रदेशबाट पटकपटक प्रधानमन्त्री भएकामा शेरबहादुर देउवाप्रति स्थानीयवासीको ठूलो अपेक्षा रहेको बताए।

गेटा मेडिकल कलेज सञ्चालनका लागि गठित अत्तरिया संघर्ष समितिले शुक्रबार धनगढीमा प्रधानमन्त्री देउवालाई ज्ञापन पत्र समेत बुझाएका थिए ।

शुक्रबार धनगढी उपमहानगरपालिकाको प्रशासनिक भवन उद्घाटन समारोहमा बोल्ने क्रममा प्रधानमन्त्री देउवाले यस विषयमा तत्काल विधेयक ल्याएर काम अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *