सोमबारको मन्त्रिपरिषद् बैठकले पास गर्‍यो स्वास्थ्य सम्वन्धी तीन निर्णय

31.6k
Shares

काठमाडौँ, २४ जेठ । सरकारले औषधि ऐन २०३५ लाई संसोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा सो निर्णय गरेको हो ।

यस्तै बैठकले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्वन्धी ऐन २०६६ लाई संसोधन गर्न बनेको विधेयक संघीय संसदनमा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

यसैगरी स्वास्थ्यकै प्रस्तावमा मानव अंग प्रत्यारोपण विकास समिति (गठन) (तेस्रो संसोधन) आदेश, २०७९ स्वीकृत गर्ने समेत निर्णय गरेको छ ।

सोमबारको बैठकले सातामा दुई दिन विदा दिने यसअघिको निर्णयलाई खारेज गर्ने लगायतका २३ वटा निर्णय गरेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *