सोमबारको मन्त्रिपरिषद् बैठकले पास गर्यो स्वास्थ्य सम्वन्धी तीन निर्णय
काठमाडौँ, २४ जेठ । सरकारले औषधि ऐन २०३५ लाई संसोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा सो निर्णय गरेको हो ।
यस्तै बैठकले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्वन्धी ऐन २०६६ लाई संसोधन गर्न बनेको विधेयक संघीय संसदनमा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।
यसैगरी स्वास्थ्यकै प्रस्तावमा मानव अंग प्रत्यारोपण विकास समिति (गठन) (तेस्रो संसोधन) आदेश, २०७९ स्वीकृत गर्ने समेत निर्णय गरेको छ ।
सोमबारको बैठकले सातामा दुई दिन विदा दिने यसअघिको निर्णयलाई खारेज गर्ने लगायतका २३ वटा निर्णय गरेको छ ।
सम्पर्क इमेल : [email protected]