निर्वाचनको दिन आकस्मिक सेवा नरोक्न स्वास्थ्य संस्थालाई निर्देशन

4.0k
Shares

काठमाडौं, २९ बैशाख । सरकारले ३० बैशाखका दिन हुने स्थानीय तहको निर्वाचनको दिन प्रसूतिलगायत आकस्मिक सेवा नरोक्न स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी प्रवक्ता डा संगीता कौशल मिश्राले बुधबारको प्रेस बिफ्रिमा प्रसूतिलगायत अन्य आकस्मिक सेवा नरोक्न देशभरका स्वास्थ्य संस्थालाई दिर्नेशन दिएकी हुन् ।

उनले भनिन्, “प्रसूतिलगायत अत्यावश्यक आकस्मिक सेवा संचालन गर्न सबै स्वास्थ्य संस्थालाई अनुरोध छ।” उनले स्वास्थ्यकर्मीले पनि मतदान गर्नुपर्ने भएकोले सो दिन नियमित खोप केन्द्र, खोप अभियान भेने संचालन नहुने बताईन् ।

उनले सबै मतदातलाई भयरहित भएर जनस्वास्थ्यका मापदण्ड अपनाउँदै आफ्नो मतअधिकारको प्रयोग गर्न आग्रह गरिन ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *