राप्ती अस्पतालमा कोरोनाका बिरामी शून्य

44
Shares

दाङ, २ बैशाख । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा कोरोना सङ्क्रमितको सङ्ख्या शून्य भएको छ। अस्पतालका फोकल पर्सन दोर्ण वलीले भने, एक महिना जति भयो, अहिले कोरोना अस्पतालमा संक्रमितको संख्या शून्य अवस्थामा छ। अहिले अन्य बिरामीलाई ती शय्यामा राख्ने गरेका छौँ। अहिले सामान्य बिरामीलाई त्यहाँ राख्ने गरिएको उनले बताए।

कोरोनाका बिरामी नआउँदासम्म त्यहाँ अन्य बिरामीलाई राखिने उनको भनाइ छ। यसअघि बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गत आयुर्वेद शिक्षण अस्पतालमा उक्त अस्पताल सञ्चालनमा थियो। असोजदेखि प्रादेशिक अस्पतालको योगा हलमा उक्त कोरोना एकाइ केन्द्र सञ्चालनमा आएको हो।

अस्पताल ६० शय्याकोे छ। यसमा आइसीयू, एनआइसीयू र एचडीयूका शय्या छन्। कोरोनाका बिरामी आए भने उक्त अस्पतालमा कोरोनाका बिरामीलाई नै राखिने उनको भनाइ छ। कोरोनाका बिरामी आएमा पुनः हामीले कोरोना बिरामीलाई नै राख्छौ,  उनले भने, “नत्र भने सामान्य बिरामीलाई नै राखेर उपचार गराउने छौँ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *