सुँगुरको मुटु प्रत्यारोपण गरेका व्यक्तिको दुई महिनापछि मृत्यु

काठमाडौँ, २६ फागुन । विश्वमै पहिलो पटक सुँगुरको मुटु प्रत्यारोपण गरिएका ५७ वर्षीय अमेरिकी नागरिक डेभिड बेनेटको दुई महिनापछि मृत्यु भएको छ । मंगलबार अमेरिकाको मेरिल्याण्ड स्थित एक अस्पतालमा उनको मृत्यु भएको हो ।
उनको अवस्था धेरै दिन पहिलेदेखि बिग्रन थालेको र उनलाई निको नहुने थाहा पाएपछि कम्पासेनिट प्यालिएटिक केयरमा राखिएको अस्पतालले बुधवार एक विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ ।
बेनेट गुमाएकोमा हामी स्तब्ध छौं। अन्तिमसम्म पूर्ण बललगाएर लडेका उनी एक बहादुर र महान पेसन्ट साबित भएका छन्,बाल्टिमोर अस्पतालमा शल्यक्रिया गर्ने डा बार्टले ग्रिफिथले एक विज्ञप्तिमा भनेका छन् ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



