रुसी सेनाको आक्रमणमा युक्रेनमा चिकित्साशास्त्र पढ्दै गरेका एक भारतीय विद्यार्थीको मृत्यु

860
Shares

एजेन्सी । रुसी हमलामा परि युक्रेनमा मेडिकल शिक्षा अध्ययनका लागि पुगेका एक भारतीय विद्यार्थीको मृत्यु भएको छ । भारतीय विदेश मन्त्रालयका अनुसार कर्नाटकका २१ वर्षीय नविन शेखरप्पाको रुसी सेनाको आक्रमणमा परि निधन भएको हो ।

विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले युक्रेनको खारकिभमा आज विहान भएको गोलावारीमा परि नविनको मृत्यु भएको पुष्टि गरेका छन् ।
‘हामी गहिरो दुखका साथ पुष्टि गर्दछौं कि आज बिहान खारकिभमा आज विहान भएको गोलावारीमा परि एक भारतीय विद्यार्थी मारिए,’ विदेश मन्त्रालयका प्रवक्ता बागचीले भनेका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार नविन खारकिभस्ति नेशनल मेडिकल युनिभर्सिटीमा चौथो वर्षमा चिकित्साशास्त्रको अध्ययन गर्दै थिए ।

युक्रेन रुस युद्ध भएपछि त्यहाँ अध्ययनरत विदेशी विद्यार्थीहरुलाई बंकरमा राखिएको थियो । होस्टलबाट बंकरमा सिफ्ट भएपनि उनी आज विहान साढे १० बजे खानेकुरा लिनका लागि भन्दै बाहिर निस्किएका थिए । त्यहि बेला भएको भिषण हमलामा परी उनको ज्यान गएको हो ।

परराष्ट्र मन्त्रालयले रुस र युक्रेनका राजदूतहरूसँग निरन्तर सम्पर्कमा रहेको र भारतीय नागरिकलाई फिर्ता ल्याउन सुरक्षित मार्गको खोजी भइरहेको प्रवक्ता बागचीले बताए। उनले धेरै विद्यार्थी अझै पनि खारकिभसहित अन्य सहरमा फसेको बताए।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *