प्रख्यात भारतीय गायिका लता मंगेशकरको निधन

180
Shares

काठमाडौँ, २३ माघ । प्रख्यात भारतीय गायिका लता मंगेशकरको निधन भएको छ । भारतको मुम्वईस्थित ब्रीच क्याण्डी अस्पतालमा आज विहान उनको निधन भएको हो ।

९२ वर्षीया लतालाई गत ८ जनवरीमा कोभिड पुष्टि भएको थियो । रिपोर्ट पोजेटिभ आउनासाथ परिवारले तत्काल अस्पतालमा भर्ना गरेका थिए यद्धपी त्यसको जानकारी दुई दिन पछि अर्थात १० तारिकमा दिइएको थियो ।

कोभिड निको भएपछि करीव  पाँच दिन अघि उनको स्वास्थ्यमा सुधार आएको बताइएको थियो ।

उनलाई अक्सिजन सपोर्ट दिन नपर्ने भनिएको थियो । यद्धपी उनलाई आसीयूमै राखिएको थियो । तर दुई दिन अघि पुन स्वास्थ्य बिग्रिएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो ।

लता मंगेशकर ३६ भाषामा हजारौँ गीत गाएकी छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *